Recent Articles
Showing posts with label news. Show all posts
Showing posts with label news. Show all posts

ख्यालख्यालमै साथीको हत्या (दिनदहाडै विद्यार्थीको हत्या)

परीक्षाको र्फम भर्नेसम्बन्धी विवादमा एकजनाले साथीकै हत्या गरेका छन् । रेस्टुरेन्टमा चिया खाएर बस्दा भएको विवादमा भित्तामा टाउको ठोक्किँदा ११ कक्षामा पढ्ने रितेश पराजुलीको मृत्यु भएको हो । हत्यामा संलग्न अंकित ढकाल पक्राउ परेका छन् । प्रहरीका अनुसार रितेश र अंकित दुवै मिल्ने साथी थिए । दुवैजना ११ कक्षामा अध्ययनरत विद्यार्थी हुन् । रितेश कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजमा पढ्दै आएका थिए भने अंकित डिल्लीबजारस्थित टाइम्स कलेजका विद्यार्थी हुन् ।
आइतबार दिउँसो साढे ११ बजे रितेश अंकितको धोबीधारास्थित घरमा पुगेका थिए । घरबाट दुवैजना चिया/चुरोट खान भन्दै रेस्टुरेन्टमा पुगेकामा जिस्कँदा भएको झगडामा रितेशले ज्यान गुमाएका हुन् । प्रहरीका अनुसार रितेशले ११ कक्षाको र्फम भर्न नपाइने भो भन्दै गुनासो गरेका थिए । तर, अंकितले भने र्फम भर्न मिल्ने भन्दै उनको कुरा काटेका थिए । त्यहीबीचमा दुवैबीच हानाहान भएको थियो । त्यही क्रममा भित्तामा टाउको ठोक्किएर रितेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भित्तामा टाउको ठोक्किएर रितेश ढलेपछि अंकितले पानी छर्किएर ब्युँझाउने प्रयास गरे पनि सफल भएनन् । आत्तिएर उनले साथीलाई बोलाएका थिए । पछि प्रहरी पुगेपछि २/३ जना साथी आएर दुवैजनालाई कुटेको भन्दै आफ्नो घाउसमेत देखाएका थिए । तर, तीन साथीलाई पक्राउ गरेर सोधपुछ गर्दा आपसी विवादमा मृत्यु भएको खुलेको हो । उपचारका क्रममा दिउँसो ४ बजे पराजुलीको मोडल अस्पतालमा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार दुवैजना १२ वर्षको उमेरदेखि नै साथी थिए । पहिला छिमेकी भएकाले उनीहरूबीच चिनजान भई घनिष्ठता भएको थियो ।

विछोडिनुको पीडा खप्न नसकेपछि दम्पत्तीले सँगै विष खाए

सुर्खेत,चैत १२ । सुर्खेतको राकम गाविस २ का एक दम्पत्तीले सल्लाह गरी आत्महत्याका लागि सँगै विष खाएका छन् । विष खाएकामध्ये श्रीमतिको तत्कालै ज्यान गएको छ भने श्रीमान गम्भीर बनेका छन् ।
 राकम २ जामुने बजारका कृष्ण गिरी र उहाँकी श्रीमति कमलाले एकैसाथ विष खाए पछि कमलाको घटनास्थलमै ज्यान गएको छ । कृष्णको भने अहिले मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख विश्वनिरन्जन प्रधानले बताउनुभयो ।
 मंगलवार विहानै विष सेवन गरेका जोडीमध्ये कमलालाई बचाउन नसकिए पनि कृष्णलाई भने गाउँले र प्रहरीले उद्धार गरी क्षेत्रीय अस्पताल लगेका हुन् । केहि समयअघि वैदेशिक रोजगारबाट घर फर्किएका कृष्णले फेरि विदेश जाने भने पछि छुट्टिनु परेको पीडामा सल्लाह गरेर नै दुवैले सागै विष खाएको हुनसक्ने एसपी प्रधानले बताउनुभयो ।
 एकापसमा विछोडिनुको पीडा खप्न नसकेपछि सल्लाह गरेर आत्महत्याको योजना बनाएको प्रारम्भीक अनुसन्धानले देखाएको उहाँले जानकारी दिनुभयो ।

आगलागी हुँदा पुरै गाउँनै सखाप, ३६ परिवारको विचल्ली

विराटनगर,चैत १३ । मोरङको गोविन्दपुर १ स्थित मलाहा टोलमा आगलागी हुँदा पुरै गाउँ जलेर नष्ट भएको छ । आगलागीमा परि ८६ घर टहरा जलेर नष्ट भएको छ ।

बिहान ११ बजे सुरु भएको आगो विराटगर, इटहरी र दमकको बारुणयन्त्र , स्थानीय र प्रहरीको सहयोगमा दिउँसो २ बजे मात्र नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करीव १ करोड रुपैयाँ मुल्य बराबरको क्षती भएको प्रारम्भीक अनुमान गरिएको मोरङ प्रहरीले जनाएको छ । आगलागीको कारण ३६ परिवार विचल्लीमा परेका छन् ।

एटिएम कार्ड प्रयोग गरी अरुकै खाताबाट रकम झिकियो

विक्रम गिरी, महेन्द्रनगर, चैत १२ - एटिएम कार्ड प्रयोग गरी अरुको खातावाट महेन्द्रनगरका बैंकहरुबाट रकम झिक्दै आएका तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार महेन्द्रनगर बजारमा किनमेल गर्दै गरेको अवस्थामा भारतको हल्द्वानी घर भएका मोहनसिँह विष्ट र सुरेन्द्रसिँह विष्ट तथा भारतकै रुद्रपुर लालकुवाका चन्द्रसिँह विष्टलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो। 

तीनै जनावाट प्रहरीले नेपाल र भरतका गरी २७ वटा एटिएम कार्ड बरामद गरेको छ। केही दिन अघि प्राप्त सुचनाका आधारमा कञ्चनपुर प्रहरीले उनीहरुको खोजी गरिरहेको थियो। 'एटिएम कार्ड प्रयोग गरी विभिन्न बैंकबाट रकम लुट्ने गरेको सुचना पाएका थियौं,' प्रहरी प्रवक्ता एवम जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी विर्ख बहादुर रावलले भने, 'तीन जनालाई बीच बजारबाट समात्न सफल भयौं।' विभिन्न बैंकबाट रकम झिकेको भेट्टिए पनि कति रकम भन्ने एकिन हुन नसकेको उनले बताए। 

प्रयोग गरिएका एटिएमवारे पूर्ण जानकारी लिन सक्ने प्रविधि स्थानीय प्रहरी र बैंकहरुसित नभएको डिएसपी रावलले बताए। तीनै जनाबाट 'डाइनस क्लव इन्टरनेशनल' लेखिएका एटिएम कार्ड प्रहरीले बरामद गरेको छ। पक्राउ परेका मोहनसिँहबाट ६२ हजार चार सय नेपाली तथा तीनहजार दुई सय भारतीय रुपैंया बरामद गरिएको प्रहरीले जनाएको छ। 

यस्तै सुरेन्द्रसिँहबाट चार हजार दुई सय भारतीय रुपैंयाँ तथा चन्द्रसिँहबाट ६ हजार १० रुपैंयाँ भारतीय रुपैयाँ बरामद गरिएको छ। तीनै जनालाई पक्राउ लगत्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर लगि अनुसन्धान थालिएको थियो। प्रहरीले थप अनुसन्धान गर्न तीनै जना भारतीय नागरिकलाई सोमबार राजधानी लैजाँदै छ।  via नागरिक

मलेसियामा स्थानीय युवाहरुको आक्रमणमा ६ नेपालीको मृत्‍यु


मलेसियामा स्थानीय युवाहरुको आक्रमणमा ६ जना नेपालीको ज्यान गएको छ ।

मलेसियाको जोहार बारुमा स्थानीय मलेसियन नागरिकहरुले आक्रमण गर्दा ६ जना नेपालीको ज्यान गएको र अन्य १८ जना नेपाली घाइते भएको बताइएको छ ।

घटनापछि जोहारबारुमा कर्फ्यू समेत लगाइएको छ । घटनाको बारेमा बुझ्नका लागि मलेसियामा रहेका नेपाली दूतावासको टोली घटनास्थल गएको छ ।

सामान्य भनाभनबाट नेपाली र स्थानीय युवाहरुबीच सुरु भएको विवादले उग्र रुप लिँदा यस्तो घटना भएको बताइएको छ ।

कम्पनीको होस्टेलमा बस्दै आएका नेपालीहरुमाथी स्थानीय युवाहरुले होस्टेलमै प्रवेश गरेर कुटपिट गरेको बताइएको छ ।

मान्छेहरु हिरोइन सुतेको प्रत्यक्ष हेर्न म्युजियम (फोटो फिचर )


न्युयोर्क, चैत ११ (एजेन्सी) - न्युयोर्कको म्युजियम अफ मोर्डन आर्टमा एक जना जिउँदो मान्छे शिशाको बाकसभित्र सुतेको अवस्थामा प्रदर्शनीमा राखिएका छन्।
म्युजियमका दर्शकहरुले सुतिरहेकी ती मानिसलाई नजिकैबाट हेर्न पाए।
म्युजियमभित्र प्रदर्शनीमा राखिएकी ती महिला चानचुने भने हैनन्, उनी त अस्कर अवार्ड जितिसकेकी अभिनेत्री टिल्डा स्विन्टन हुन्। एक महिनासम्म उनी म्युजियममा त्यसरी प्रदर्शनीमा बस्ने छन्।
पहिलो दिन उनी जिन्स, स्निकर्स र सर्ट लगाएर सुतेको अवस्थामा रहेकी थिइन्।

भान्जाले मामाको हत्या गरे

पाल्पा, चैत ११ - पाल्पा खानीगाउँ ४ म्याउछापमा भान्जाले मामालाई जाँतो र लौरोले हानेर हत्या गरेका छन्। ५६ वर्षका ताराप्रसाद न्यौपानेलाई उनकै भान्जा खानीगाउँ-६ दैलातुङका १९ वर्षीय खगु बस्यालले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 
एसएलसी परीक्षा दिन मामा घरमा बस्दै आएका भान्जा बस्यालले परीक्षा सकिएपछि हिजो मामाको हत्या गरेको प्रहरीले जनाएको छ। उनले रक्सी सेवन गरेर होहल्ला गर्ने गरेकोले मामाको हत्या गरेको प्रहरी समक्ष स्वीकारेको प्रहरी श्रोतले बतायो।
शनिबार राति दैलातुङस्थित घरबाट हत्या आरोपी भान्जालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सूर्य चन्दले जानकारी दिए। मृतक मामाको निधार, आँखा र टाउकोमा चोट लागेको छ। उनी घाइते अवस्थामा छट्पटाएको देखेर छिमेकीले अस्पताल लाने प्रयास गरे पनि केही बेरमै उनको मृत्यु भएको बताइएको छ।

रणवीर र सलमानसँग रोमान्स गर्न चाहन्छिन सन्नी लिओन


सन् २०११ मा विग बोस ५ बाट बलिउड छिरेकी उनले हिन्दी फिल्म जिस्म २ र रागिनी एमएमएस २ मा अभिनय गरेकी छिन्। 'बलिउड छिरेको एक वर्ष भएछ। मलाई यहाँ हुनु साह्रै खुशी लागिरहेको छ। म यो इन्ड्रस्टिमा नयाँ नै हुँ तर म रोमान्टिक र कमेडी फिल्म गर्न चाहन्छु।

मुम्बई, चैत ११ (एजेन्सी) - इन्डो क्यानेडियन हिरोइन सन्नी लिओन बलिउड स्टार सलमान खान र रणवीर कपुरसँग अनस्क्रिन रोमान्स गर्न चाहन्छिन्।


 म सलमान र रणवीर दुबैसँग रोमान्स गर्न चाहन्छु। म दुबैसँग अभिनय गर्न चाहन्छु। मलाई बडिगार्ड मन पर्यो। सलमानलाई हेर्दा रोमान्चित हुन्छु,' उनले भनिन्। सुटआउट एट वाडालाको प्रवर्द्धन गर्न आयोजित कार्यक्रममा सहभागी भएकी सन्नीले पत्रकारसँग आफ्नो रहर साटेकी हुन्।

 सञ्जय गुप्ताले निर्देशन गरेको क्राइम ड्रामामा सन्नीले लैला.. गीतमा काम गरेकी छिन्। यो फिल्म सन् १९८२ मा मुम्बईमा भएको प्रहरीको इन्काउन्टरमा आधारित छ। 'मैले यो गीतमा काम गर्न सकुला भन्ने सोचेकै थिइन।

सुटिङको पहिलो दिन म धेरै नै आत्तिएकी थिएँ तर जोन आब्रहम, तुसार कपुर र अरुले मलाई सहयोग गरे,' उनले सुनाइन। जोन, तुसार, कङ्गना रनावत, अनिल कपुर र सोनु सुद यो फिल्मको मुख्य भूमिकामा छन्।

राजमार्ग छेउका वनक्षेत्रमा व्यापक यौनधन्दा फस्टाउँदै


बर्दिवास, ९ चैत - पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने वनक्षेत्र यौन क्रियाकलापको उर्बर थलो बन्दै गएको छ। राजमार्गको बर्दिवासदेखि बाँके पुलसम्मको वनक्षेत्र यौन क्रियाकलापको उर्बर थलो बनेको आसपासका बासिन्दाले बताएका छन्।

राजमार्गको जिल्लामा पर्ने वनक्षेत्रमा १०/१२ ठाउँमा विभिन्न खालका पसल र बस बिसौनी बढेसँगै यौन क्रियाकलापमा लिप्त हुने जोडीको आवागमन ह्वात्तै बढेको नजिकको गाउँबस्तीका बासिन्दाको भनाइ छ।


केही वर्ष पहिलेसम्म निर्जन देखिने वनक्षेत्रका १०/१२ ठाउँमा पसल स्थापनासँगै ब्यापारिक कारोबार क्रमशः बढेपछि जिल्लाको राजमार्ग छेउछाउको वनक्षेत्रमा जोडी युवायुवतीको आवागमन निक्कै बढेको छ। वनक्षेत्रका माईस्थान, वनपथ, लक्ष्मीनियाँ, गणन्ता, टुटेश्वरचोक, खयरमाराचोक, गौशालाचोक, मरहापुल र बाँकेलगायतका एकदर्जन जति ठाउँका बस बिसौनीमा अचेल दिनहुँ २५औं जोडी युवायुवती यौन क्रियाकलापकै लागि झर्ने गरेका त्यहाँ व्यवसाय सञ्चालन गरेर बसेका साना व्यापारी बताउँछन्।

निर्जन वनक्षेत्रमा जोडी युवायुवतीको सघन आवागमनले त्यहाँ सञ्चालित व्यवसायले फस्टाउने मौका पाएको छ। दिनहुँ २५/३० जोडीमा आउने युवायुवती नै आफ्ना मुख्य ग्राहक रहेको वनपथमा किराना सामान र खाजाको पसल सञ्चालन गर्दै आएकी एक महिलाले जानकारी दिइन् । आफूले दिनहुँ तीन/चारसयको त कन्डममात्रै बेचेर कमाउने गरको उनको भनाइ छ।

प्रेम, लहड र सौखमा डुबेर यौन क्रियाकलापका लागि वनक्षेत्र पुग्ने गरेका भर्खर २०/२२ टेकेका युवायुवतीसँगै जीवनको आधार नै यौन व्यवसाय बनाएका युवती र उनीहरुका ग्राहकको पनि यो क्षेत्र रोजाईको ठाउँ बनेको वनक्षेत्र नजिकका ग्रामीण जनता बताउँछन्। जिल्लाको बर्दिवास, गौशाला र छिमेकी जिल्ला सर्लाहीको लालबन्दी, नवलपुरलगायतका बजारक्षेत्रमा रकम तयतमन्ना गरी यौनधन्दा चलाउन वनक्षेत्र पस्ने युवती र त्यस्तासँग यौन प्यास मेटाउने युवा दैनिक ३०/३५ को हाराहारीमा देखिने गरेका वनक्षेत्रसँगै जोडिएको बेलगाछी बस्तीका रुद्रबहादुर किङ्रिङ्को भनाइ छ।

यस्ता जोडीको खुल्ला यौन क्रियाकलापले वनमा घाँसदाउरा गर्ने र गोठालालाई असजिलो हुने गरेको वनक्षेत्र नजिकका ग्रामीण जनताको गुनासो छ। वनक्षेत्रमा बढ्दै गएको यौनक्रियाकलाप आपसी सहमतिमै हुने गरेको देखिए पनि यसले वनक्षेत्र नजिकका बस्तीबाट कामका लागि आउजाउ गर्नेहरुलाई अप्ठ्यारो लाग्नुका साथै आफ्नै गाउँघरका युवायुवतीमा बिकृति बढ्ने डर बढ्दै गएको माईस्थान-६ का पाका व्यक्ति ६० वर्षीय मिर्चे रम्तेलले बताए ।

वनक्षेत्र अभिभावकको नजरबाट टाढा हुने, हराभरा देखिने, चोकबजारको जस्तो चियोचर्चो नहुने, भ्रमणको झझल्को दिने र जङ्गलका झाडीमा मान्छेको आवागमन कम हुने भएकाले युवायुवती यौन प्यास मेटाउन वन पस्ने क्रम बढेको बर्दिवास क्षेत्रका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको अनुमान छ।

यता लामो समयको प्रयत्नले पहिचान गरिएपछि सम्पर्क हुन सकेकी एक २५ वर्षीया यौन व्यवसायी महिलाले भने सामाजिक लोकलाजको मर्यादा पालन गर्न, अनावश्यक मान्छेको सम्पर्कबाट टाढा हुन र बजारक्षेत्रमा सित्तैमा जिउ सुम्पनु पर्ने सुरक्षाकर्मीको हेपाहा व्यवहारबाट बच्न वनक्षेत्रलाई कर्मथलो बनाएको प्रतिक्रिया दिएकी छन्।

यता वनक्षेत्रमा हुने यौनक्रियाकलापका सहभागी जोडीमध्ये धेरैजसो जोडी भने कन्डमको प्रयोगमा बेखबर देखिएकाले यौनजन्य रोगको सङ्क्रमण बढ्न सक्ने खतरा रहेको नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजनाको कार्यालय बर्दिवासले जनाएको छ। त्यस्ता जोडीमध्ये केहीलाई कन्डमको प्रयोगका लागि अभिप्रेरित गरेपछि उनीहरुको बानीमा सुधार देखिएपनि कयौं जोडी अहिलेपनि साधनबिना नै शारीरिक सम्बन्ध गाँसी रहेकाले उनीहरु एचआइभी र यौनजन्य रोगको चपेटामा पर्नसक्ने सम्भावना रहेको परियोजनाका प्रबन्धक धिरज पौडेलको भनाइ छ।

वनक्षेत्रमा पुग्ने गरेका प्रेमीजोडी स्वास्थ्यक्षेत्रमा कार्यरत सामाजिक सङ्घसंस्थाका प्रतिनिधिसँग कन्डमको कुरा गर्न लाज मान्ने गरेका पाइएको छ। यौन व्यवसाय नै अँगालेका यौनकर्मी महिलाहरु स्वास्थ्य सचेतनामा सजग पाइएका भएपनि ग्राहकले कन्डमको प्रयोगमा अनिच्छा देखाउँदा कन्डमको प्रयोगबिना नै शारीरिक सम्बन्ध बनाउन बाध्य हुने गरेको उनीहरुले बताउने गरेका स्वास्थ्यक्षेत्रमा कार्यरत सामाजिक सङ्घ संस्थाका स्वास्थ्यकर्मी बताउँछन्।

वनक्षेत्रमा सानोतिनो किराना एवम् खाजा, चिया पसल सञ्चालन गरेका साना व्यापारीहरु आम युवायुवतीको गन्तव्यलाई व्यवस्थित र थप आकर्षणयुक्त बनाउन सके वनक्षेत्रको सुरक्षा र आफ्नो कमाइधमाइ अलि बढ्ने आश पालेर बसेका छन्।

जिल्लाका हराभरा वनक्षेत्रमा घुमघामको उद्देश्यले हुने आवागमन राम्रो भएर यसले आन्तरिक पर्यटनको वृद्धिमा सहयोग पुर्यारए पनि सो क्षेत्रमा फस्टाउँदो यौन क्रियाकलापबाट सामाजिक मर्यादा नाघ्न दिन नहुने स्थानीय बुद्धिजीवीको मत रहेको छ। यता जिल्लास्थित प्रहरी र प्रशासनले भने यस्ता खालका कुनै गुनासो आफूहरु समक्ष नआएको जनाएको छ। रासस

बलिउडका कुन कुन कलाकारले भोगेका छन् जेल जिवन ?


बिहिबार भारतको सर्बोच्च अदालतले नायक संजय दत्तलाई ५ बर्षको जेल सजाय सुनायो । संजय यसअघि पनि जेलमा पुगिसकेका छन् । जेल जाने कलाकारमा संजय दत्त मात्र एक्ला छैनन् । उनी बाहेक अन्य थुप्रै कलाकारहरुले जेल जिवनको अनुभव लिइसकेका छन् । आखिर को को छन् त्यस्ता कलाकार जसले जेलको हावा खाइसकेका छन् ।१. सलमान खान : बलिउडका चर्चित नायक सलमान खान विभिन्न बिषयमा मुद्दा खेप्दै कैयौ पटक जेल पुगिसकेका छन् । सलमान खान पहिलो पटक सन् २००६ मा एक सिनेमाको दौरान कालो हरिणको शिकार गरेको आरोपमा जेल पुगेका थिए । तर उनी पछि जमानत तिरेर छुटेका थिए । यसपछि सडकपेटीमा सुतिरहेका ४ जना मानिसलाई किचेर मारेको आरोपमा सलमान जेलमा पुगेका थिए । उनको यो मुद्दा अझै पनि न्यायलयमा चलिरहेको छ । यदि यो मुद्दाको फैसला सलमानको विपक्षमा भयो भने उनलाई १० बर्षको जेल सजाय हुनसक्छ ।
२. सैफ अली खान : मुम्बइको ताज होटलमा एक एनआरआई व्यक्तिलाई पिटेको आरोपमा सैफले जेलको हावा चाखेका थिए । उनलाई प्रहरीले प्राणघातक हमलाको आरोपमा गिरफ्तार गरेको थियो ।
३. जोन अव्राहिम : बाइक चलाउन निक्कै सोखिन नायक जोन अव्राहिम पनि जेल परिसकेका छन् । उनले चलाएको बाइकले ठक्कर दिएर २ जना व्यक्ति घाइते भएका थिए । उनले आफ्नो गल्ती स्विकार गरेका थिए ।
४. शाइनी आहुजा : आफ्नै घरमा काम गर्ने एक युवतीलाई बारम्बार बलात्कार गरेको आरोपमा कलाकार शाइनी आहुजालाई जेल जानु परेको थियो । उनले ३ महिना जेलमा बिताएका थिए ।
५. फरदिन खान : नायक फरदिन खानलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो । ९ ग्राम कोकिनको साथमा उनलाई प्रहरीले गिरफ्तार गरी केही समय हिरासतमा राखेको थियो ।
६. मधुर भंडाकर : तीन पटक राष्ट्रिय अवार्ड जितिसकेका निर्देशक मधुर भंडाकरलाई एक युवतीले आइटम गीतमा नचाउने बहानमा बलात्कार गरेको आरोप लगाएका थिइन् । यो घटनापछि मधुर लामै समय मिडियामा चर्चामा रहेका थिए । तर उनलाई न्यायलयले सफाई दिएको थियो ।
७. मोनिका बेदी : डन अबू सलेमको प्रेमिका बलिउड अभिनेत्री मोनिका बेदीलाई नक्कली पासपोर्टको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई ५ बर्षको जेल सजाय सुनाइएको थियो । तर उनी जमानतमा रिहा भएकी थिइन् ।  source:-onlinekhabar

रामपुरमा महिलाहरुको प्रदर्शनले उग्ररुप लिएपछि कर्फ्यु


७ माघ, पाल्पा । स्थानीय २७ वर्षीया सोनु श्रेष्ठको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिलाहरुले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले रामपुरमा कर्फ्यु जारी गरेको छ ।
अपराहृन ३ बजेबाट भोलि सोमबार बिहीन ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्यामा संलग्न भनिएका उनको श्रीमन ओमबहादुर श्रेष्ठलाई पक्राउ गरी छाडेको भन्दै प्रदर्शनमा उत्रिएका सयौं महिलाहरुले रामपुर प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय परिसरमा रहेकेा प्रतिक्षालयमा आगजनी गरेका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरको गोली हानेको थियो । तर, आक्रोसित महिलाहरुले ढुंगामुढा गरेपछि प्रहरी पछि हटेको थियो ।
डेढ महिनादेखि वेपत्ता सोनुको शव शनिबार दिउँसो कालीगण्डकीको किनारमा बोरामा बेरेको अवस्थामा भेटिएको थियो । लगतै हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएका थिए । प्रहरी कार्यालय अगाडी नाराबाजी गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा १० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए ।

रामपुरमा महिलाहरुको प्रदर्शनले उग्ररुप लिएपछि कर्फ्यु


७ माघ, पाल्पा । स्थानीय २७ वर्षीया सोनु श्रेष्ठको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिलाहरुले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले रामपुरमा कर्फ्यु जारी गरेको छ ।
अपराहृन ३ बजेबाट भोलि सोमबार बिहीन ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्यामा संलग्न भनिएका उनको श्रीमन ओमबहादुर श्रेष्ठलाई पक्राउ गरी छाडेको भन्दै प्रदर्शनमा उत्रिएका सयौं महिलाहरुले रामपुर प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय परिसरमा रहेकेा प्रतिक्षालयमा आगजनी गरेका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरको गोली हानेको थियो । तर, आक्रोसित महिलाहरुले ढुंगामुढा गरेपछि प्रहरी पछि हटेको थियो ।
डेढ महिनादेखि वेपत्ता सोनुको शव शनिबार दिउँसो कालीगण्डकीको किनारमा बोरामा बेरेको अवस्थामा भेटिएको थियो । लगतै हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएका थिए । प्रहरी कार्यालय अगाडी नाराबाजी गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा १० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए ।

Afternoon News, January 12, 2013


Watch Online News Afternoon News, January 12, 2013

Afternoon News, January 12, 2013


Watch Online News Afternoon News, January 12, 2013

Power News - January 11, 2013

Watch Online Power News - January 11, 2013


Power News - January 11, 2013

Watch Online Power News - January 11, 2013


९ बुँदे माग राखेर आन्दोलनमा उत्रिए चलचित्रकर्मीहरु


Watch Online Chalchitra Kalakar Aandolan
चलचित्रकर्मीहरुले चलचित्र विकास बोर्डको कार्यालयमा तालाबन्दी गरेका छन् । आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले बोर्डको चाबहिलस्थित कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले कार्यालयमा तालाबन्दी गर्दै केहीबेर नाराबाजी समेत गरेका थिए । बिभिन्न ९ बुँदे माग राखेर आन्दोलनमा उत्रेका चलचित्रकर्मीहरु माग पूरा गर्ने प्रतिवद्धता जनाएर पनि सरकारले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

९ बुँदे माग राखेर आन्दोलनमा उत्रिए चलचित्रकर्मीहरु


Watch Online Chalchitra Kalakar Aandolan
चलचित्रकर्मीहरुले चलचित्र विकास बोर्डको कार्यालयमा तालाबन्दी गरेका छन् । आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले बोर्डको चाबहिलस्थित कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले कार्यालयमा तालाबन्दी गर्दै केहीबेर नाराबाजी समेत गरेका थिए । बिभिन्न ९ बुँदे माग राखेर आन्दोलनमा उत्रेका चलचित्रकर्मीहरु माग पूरा गर्ने प्रतिवद्धता जनाएर पनि सरकारले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

Prime Story - January 11, 2013 Watch Online Free Prime Story - January 11, 2013 | जाडो कती साह्रो !


Watch Online Free Prime Story - January 11, 2013 | जाडो कती साह्रो !

Prime Story - January 11, 2013 Watch Online Free Prime Story - January 11, 2013 | जाडो कती साह्रो !


Watch Online Free Prime Story - January 11, 2013 | जाडो कती साह्रो !

Subscribe

Subscribe To DC KATHMANDU BLOG

© 2013 DCKTM. All rights reserved.