भान्जाले मामाको हत्या गरे
एसएलसी परीक्षा दिन मामा घरमा बस्दै आएका भान्जा बस्यालले परीक्षा सकिएपछि हिजो मामाको हत्या गरेको प्रहरीले जनाएको छ। उनले रक्सी सेवन गरेर होहल्ला गर्ने गरेकोले मामाको हत्या गरेको प्रहरी समक्ष स्वीकारेको प्रहरी श्रोतले बतायो।
शनिबार राति दैलातुङस्थित घरबाट हत्या आरोपी भान्जालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सूर्य चन्दले जानकारी दिए। मृतक मामाको निधार, आँखा र टाउकोमा चोट लागेको छ। उनी घाइते अवस्थामा छट्पटाएको देखेर छिमेकीले अस्पताल लाने प्रयास गरे पनि केही बेरमै उनको मृत्यु भएको बताइएको छ।
