रामपुरमा महिलाहरुको प्रदर्शनले उग्ररुप लिएपछि कर्फ्यु
७ माघ, पाल्पा । स्थानीय २७ वर्षीया सोनु श्रेष्ठको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिलाहरुले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले रामपुरमा कर्फ्यु जारी गरेको छ ।
अपराहृन ३ बजेबाट भोलि सोमबार बिहीन ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्यामा संलग्न भनिएका उनको श्रीमन ओमबहादुर श्रेष्ठलाई पक्राउ गरी छाडेको भन्दै प्रदर्शनमा उत्रिएका सयौं महिलाहरुले रामपुर प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय परिसरमा रहेकेा प्रतिक्षालयमा आगजनी गरेका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरको गोली हानेको थियो । तर, आक्रोसित महिलाहरुले ढुंगामुढा गरेपछि प्रहरी पछि हटेको थियो ।
डेढ महिनादेखि वेपत्ता सोनुको शव शनिबार दिउँसो कालीगण्डकीको किनारमा बोरामा बेरेको अवस्थामा भेटिएको थियो । लगतै हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएका थिए । प्रहरी कार्यालय अगाडी नाराबाजी गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा १० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए ।
Subscribe to:
Post Comments (Atom)
0 Responses to “ रामपुरमा महिलाहरुको प्रदर्शनले उग्ररुप लिएपछि कर्फ्यु ”
Post a Comment