माओवादीको धम्की: पहिलो प्रयास विद्रोह, दोस्रो सम्झौता, तेस्रो जनयुद्ध - Video News


नेकपा--माओवादीले प्रमुख चार राजनीतिक दल र अन्तरिम चुनावी मन्त्रिपरिषद्सँग टकरावको नीति लिने भएको छ । शनिबारदेखि पोखरामा सुरु भएको नेकपा--माओवादीको केन्द्रीय समितिमा पेस भएका तीनवटै प्रतिवेदनमा एकपटक टकराव गरेर जाने रणनीति छ । 'अहिलेको संक्रमणकालमा सत्ता प्राप्त गर्ने उपाय भनेको विद्रोह नै हो । तर, हामीले भनेजस्तो नभई शासक वर्गले चाहे जसरी यो संक्रमणकाल टुंगियो भने क्रान्तिको कार्यदिशा अल्पकालीन विद्रोह नभएर स्वतः दीर्घकालीन जनयुद्ध नै हुनेछ ।' अध्यक्ष वैद्यद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको सार उल्लेख गर्दै स्रोतले भन्यो, 'अहिलेको संक्रमणकालमा विद्रोहका लागि वस्तुगत आधार तयार छ, हामीले अब आत्मगत स्थितिमात्रै मजबुद पार्नुपर्छ ।' विद्रोहको आधार तयार पार्नका लागि आगामी मंसिर ४ मा हुने भनिएको निर्वाचनलाई बिथोल्न पार्टीको सम्पूर्ण शक्ति लगाउने निर्णय माओवादी बैठकले गरेको छ । निर्वाचन बहिष्कारको क्रममा सिंगो पार्टी, सम्पूर्ण जनवर्गीय मोर्चा, आम नेपाली जनता र मोर्चामा आबद्ध ३३ दलहरुको संयुक्त बैठकबाट आन्दोलनको कार्यक्रम तय गर्ने पनि उहाँले जानकारी दिनुभयो । पत्रकारहरुको एक जिज्ञासामा अध्यक्ष वैद्यले एमाओवादीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताउनुभयो । वैद्य माओवादीको चुनाव भाड्ने प्रस्तावपछि राष्ट्रपति डा रामबरण यादवचिन्तित हुनु भएको छ ।

Tags:

0 Responses to “माओवादीको धम्की: पहिलो प्रयास विद्रोह, दोस्रो सम्झौता, तेस्रो जनयुद्ध - Video News”

Subscribe

Subscribe To DC KATHMANDU BLOG

© 2013 DCKTM. All rights reserved.