अपहरण र फिरौती को धन्दामा प्रहरी नै
अपहरण र फिरौती को धन्दामा प्रहरी नै (रक्षक नै भक्षक भएपछि) मूर्ति व्यापारीलाई पक्राउ गर्ने धम्की दिएर साढे २ लाख रकम असुलेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंका तीन जना प्रहरी पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले परिसरको विशेष टोलीका २ जना सइ र १ जना असइलाई पक्राउ गरेको हो। बौद्ध वृत्तका अनुसार हिजो बेलुका सइ प्रकाश मल्ल र रुद्रराज पौडेल तथा असइ राजु भण्डारीलाई पक्राउ गरेको हो। यी तीनै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रणबहादुर चन्दले विशेष टोलीका रुपमा सादा पोशाकमा खटाउँदै आएका थिए। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार चैत ४ गते मूर्ति व्यापारी कर्मध्वज लिम्बु अपहरणमा परेका थिए। उनलाई एक समूहले नियन्त्रणमा लिएर गेष्ट हाउसमा राखेर रकम बार्गेनिङ गरेको थियो। उनीहरुले लामा मूर्तिको तस्करी र कारोबारमा संलग्न रहेको भन्दै धम्क्याएर चार लाख रकम मागेको थियो। लामाले तत्काल साढे दुई लाख रकम दिएपछि सो समूहले डेढ लाख ल्याएपछि दिने भन्दै उनको मोटरसाइकल समेत नियन्त्रणमा लिएका थिए।
Tags: all video news