आफ्नो पतिलाई मार्न श्रीमती र छोरीले हत्यारालाई ८० हजार दिए | Prime Story


गत जेठ ६ गते राति सप्तरीका पूर्वसभासद् सदरूल हक मियाँको हत्या भएपछि सिङ्गो सिराहाका बासिन्दा दुःखीसँगै आश्चर्यचकित भएका थिए, कारण मिया सप्तरीमा अत्यन्तै लोकप्रिय थिए । २०६४ सालको संविधानसभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारको रूपमा रहेका उनले विजय प्राप्त गर्नु नै उनको लोकप्रियताको पहिलो कसी थियो । मिया हत्याको करिब तीन सातापछि प्रहरीले जे कुरा सार्वजनिक गरेको छ, त्यसले सप्तरीबासीलाई थप आश्चर्यमा त पारेको छ नै आक्रोशित पनि बनाएको छ ।पूर्वसभासद सदरुल मियाँ हकलाई उनकै श्रीमती र छोरीले भाडाका अपराधी प्रयोग गरी हत्या गर्न लगाएको खुलेको छ । श्रीमतीसँग आर्थिक विवाद र छोरीले मन पराएको केटोसँग बिहे नगरिदिएपछि उनीहरूले ५ महिनाअघिदेखि योजना बनाई हत्या गराएको प्रहरीले जनाएको छ । हककी श्रीमती ४५ वषर्ीया नुरजहाँ खातुन, माइली छोरी रुबेदा खातुन र उनका प्रेमी मौलबी मोहम्मद जमिरुल शेखले हत्या योजना बनाएको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी दिनेश आचार्यले बताए । रुबेदाका प्रेमी मौलबी मोहम्मद जमिरुल शेख र हत्या गर्ने अर्का सिराह भगवानपुरका एनुल शेख फरार छन् । एनुल र अब्दुलले पूर्वसभासद हकको हत्या गर्न ८० हजार रुपैयाँको 'सुपारी' दिएको बताएका छन्

Tags: ,

0 Responses to “आफ्नो पतिलाई मार्न श्रीमती र छोरीले हत्यारालाई ८० हजार दिए | Prime Story”

Subscribe

Subscribe To DC KATHMANDU BLOG

© 2013 DCKTM. All rights reserved.