Prime Story - February 18, 2013

Prime Story - February 18, 2013 Watch Online Free

किन नेपालमा तिब्बती युवकहरुद्वारा आत्मदाह प्रयास गर्दै छन्?
आत्मदाहको स्वतन्त्र तिब्बत माग गर्दै आत्मदाहको एक सय औं घटना काठमाडौंमा भएको हो । बुधबार विहान राजधानीको बौद्ध स्तुपा नजिकै ओपन गोल्डेन आइज रेस्टुरेन्ट अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका डोमेन डुक्चेको बिहीबार विहान उपचारका क्रममा मृत्यु भएको थीयो ।
आत्मदाह प्रयास गर्दागर्दै उनलाई प्रहरीले उद्धार गरी ओम अस्पताल चाबहिल लगेको थियो । त्यहाँबाट उनलाई शिक्षण अस्पताल लगिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार डुक्चेको ९० प्रतिशत शरीर जलेको थियो । यसका लागि केही दिनअघि भारतको धर्मशालाबाट ३० जनाको टोली नेपाल छिरेको बुझिएको छ । स्रोतका अनुसार, पछिल्लो तिब्बती प्रजातन्त्र दिवस २ सेप्टेम्बरका दिन बौद्ध स्तुपा परिसरमै आत्मदाहको प्रयास असफल भएपछि उनले ल्होसारको विशेष पूजाका दिन बुधबार रोजेका थिए । डुक्चे र २ सेप्टेम्बरमा सोही दुस्साहस गर्ने व्यक्ति एकै भएको बताइएको छ । आत्मदाह प्रयास गर्ने तिब्बतीमध्ये ८३ जनाको यसअघि नै मृत्यु भएको जनाइएको छ ।

Tags: ,

0 Responses to “Prime Story - February 18, 2013”

Subscribe

Subscribe To DC KATHMANDU BLOG

© 2013 DCKTM. All rights reserved.