Nepali Movie- दासढुंगा [DasDhunga] -Watch Dasdhunga -Full Nepali Movie online Free

Watch Dasdhunga -Full Nepali Movie online Free

 Dasdhunga which follows up from the death of the politicians Madan Bhandary and his travelling companion. This movie explores what happened in the aftermath and from this directors point of view he has given us the same story from a different point of view. Madan Kumar Bhandari And Jeev Raj Ashrit's Murder Story DASDHUNGA About This Movie Madan Kumar Bhandari (Nepali: मदन कुमार भण्डारी) (June 27, 1952[1] -- 1993) was a Nepali politician and communist leader. Bhandari was born in Taplejung. He studied in Varanasi, India and in 1972 was named central committee member of the Janabadi Sanskritik Morcha (Democratic Cultural Front), a student's movement launched by Pushpa Lal Shrestha. Around 1976 he left Pushpa Lal's Communist Party of Nepal to launch the Mukti Morcha Samuha ("Liberation Front Group"), which formed an alliance with the survivors of the Jhapa Movement in 1978. He was a founder member of the Communist Party of Nepal (Marxist-Leninist) preceding the 1980 referendum and was elected general secretary at its fourth national in 1986.When CPN(ML) merged into Communist Party of Nepal (Unified Marxist-Leninist) in 1991, Bhandari became the general secretary. Bhandari was the engineer behind the programme of CPN(UML), People's Multiparty Democracy, which led his party as the strongest communist party of Nepal for several years even after his death. In 1993 Bhandari died, supposedly in a car crash without anyone as eye witness. Many believe he was murdered. Among the three passengers inside the car, only the driver Amar Lama survived and two leaders Madan Bhandari and Jeev Raj Ashrit died. The then government formed a probe committee but officially the car crash was reported as an accident without any sign of conspiracy. Possible conspiracy again came into concern after the only survivor of that crash, driver Amar Lama was murdered after about 10 years. 'मदन भण्डारीको खल्तीमा रेडियोछाप सलाई' 'यो देशमा थुप्रै लेन्डुप दोर्जे निस्कँदै छन्,' छेउमा बसेका सांसद प्रेमसिंह धामीतिर एकटकले हेर्दै थिए, तिनी । तिनले फेरि प्रेमसिंहबाट आफ्नो नजर जीवराज आश्रतितिर घुमाउँदै भने, 'हाम्रै पार्टीभित्र पनि छन् । महाकाली नदी हाम्रो हितमा छैन । टनकपुर बाँध निर्माण गर्दा नेपालको सल्लाहविना पूर्व एफेलेक्स बाँध बनाइँदै छ । तर, पनि हामी किन चुप ?''चुप कहाँ लागिन्छ र ?' मोटा ज्यानका प्रेमसिंहले छेपारालेजस्तै गरी मदन भण्डारीतिर मुन्टो घुमाउँदै भने, 'त्यही भएर त भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको समय पारेर हामीले महाकालीदेखि काठमाडौँसम्म विरोध जनाउन साइकल र्‍याली गर्दै छौँ । त्यसका लागि वामदेव गौतम उतै हुनुहुन्छ ।' 'म यो शरीरमा एक थोपा रगत रहुन्जेलसम्म महाकाली सन्धि सफल हुन दिन्नँ किनकि महाकाली नदीसँग हाम्रो सार्वभौम अधिकार र राष्ट्रियता जोडिएको छ । राष्ट्रलाई माया गर्ने कुनै पनि नेपालीले यो कुरा सहन सक्दैन ।' मदन भण्डारीको अनुहारभरि अफसोचका रेखा माकुराको जालोजस्तै फिँजिए । नकोरिएको तिनको कपाल जुटको डोरीजस्तै थियो । उनले खल्तीबाट चुरोट र पेन्टको खल्तीबाट रेडियो छाप सलाई झकिेर सल्काउँदै भने, 'भारत पुगेर सन्धिमा हस्ताक्षर गरेर पनि किन यो सन्धि होइन भनेर आलटाल गरिरहेका छन्, हँ हाम्रा प्रधानमन्त्री ? अझ एक मेगावाट बिजुली र एक सय पचास क्युसेक पानी भारतीय सदाशयतामा नेपालले पाउने प्रचार गर्दैछन्, तिनीहरू । नेपाली जनतालाई बताउनुपर्‍यो सदाशयता भनेको के हो ?' 'शान्तिपूर्ण तरिकाले विरोध गर्न पाउनु हाम्रो अधिकार हो,' मदन भण्डारीको बायाँ छेउमा बसेका पार्टी संगठन विभागका प्रमुख जीवराज आश्रतिले भने, 'त्यसैले बढीभन्दा बढी विरोधका कार्यक्रम हामीले ल्याउनैपर्छ ।' 'यो सबै गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापाको गठबन्धन हो,' मदन भण्डारीले लामो सास ताने । धेरै दिनदेखि तिनको निन्द्रा बिगि्रएको थियो । बीचको कुर्सीमा बसेका मदन भण्डारीको हातको चुरोट जलिरहेको थियो भने तिनको अर्को हातमा रहेको रेडियो छाप सलाई पसिनाले भिजिरहेको थियो । उनले सबैको अनुहारमा पालैपालो हेरेर भने, 'यो अत्यन्तै घातक छ । यसलाई जसरी भए पनि हामीले तोड्नैपर्छ ।' बिहानीको घाम छिप्पिन थालिसकेको थियो । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष मनमोहन अधिकारी बस्ने घरको आँगन । पार्टीका महासचिव मदन भण्डारीका गाडी चालक अमर लामा, उनी बसेको कुर्सीको बायाँ छेउमा उभिएको थियो, अलि पर । उनीसँगै कुम जुधाएर दायाँबायाँ कुर्सीमा बसेका थिए, जीवराज र प्रेमसिंह ।'स्थिति झन् गम्भीर हुँदैछ,' छेउको पातलो काठको कुर्सीमा खुट्टा हल्लाएर बसेका वयोवृद्ध नेता मनमोहन अधिकारीले भने, 'यही कारणले गिरिजाको पार्टी फुट्दै छ, भारतीय प्रधानमन्त्रीको भ्रमणपछि ।' 'गिरिजाको मात्र होइन ।' जीवराजले भने, 'यस्तै तमासा भइरह्यो भने हाम्रो पार्टी पनि फुट्छ, महाकालीकै कारणले ।' मोटो प|mेमवाला चस्मा । न होचो न अग्लो । क्रिम कलरको कोटभित्र खैरो रङको भी आकारको सुइटर । चिटिक्क परेको जुंगा । निफनेको गहुँको दानाजस्तो अनुहार । धपेडीले कलेटी परेका ओठ । धुलो टाँसिएको जुत्तासहितको खुट्टा झुन्ड्याउँदै बीचको कुर्सीमा बसेका मदन भण्डारी चिन्तित मुद्रामा थिए ।'हामीले आफ्नो व्यक्तिगत सम्पत्तिका लागि आन्दोलन गरेका हैनौँ,' जीवराजतिर फर्किए मदन भण्डारी । तिनले आफ्नो हातको ठुटो चुरोट छेउमा फ्याँके र रेडियो छाप सलाईलाई कुर्सीको छेउमा राख्दै भने, 'हामी त २०५० सालपूर्व नेपालको जनसंख्या यति थिएन कि Û पौने दश करोड नेपालीको सम्पत्तिको रक्षाका लागि लड्दै छौँ । यदि यसो गर्नु गल्ती हो भने यो दुनियाँमा सही चीज के हो त ?' 'कुरा जायज छ,' अध्यक्ष मनमोहनले भने, ' हामीसँग अरू विकल्प पनि त छैन ।' 'जसरी भए पनि, जहाँबाट भए पनि हामीले आन्दोलन गर्नैपर्छ,' प्रेमसिंह जुरुक्क उठे । तिनी उठ्दा कुर्सी जोडले हल्लियो । तिनले मदन भण्डारीको कुर्सीको छेउमा घोप्टो परेको रेडियो छाप सलाईलाई हातमा उठाएर भने, 'बरु त्यसका लागि ज्यान दिन तयार छौँ, हामी ।' 'यो आन्दोलनलाई हाम्रो पार्टीले उचाइमा पुर्‍याउनुपर्छ,' जीवराजले छेउमा उभिएको ड्राइभर अमर लामातिर हेरे । लामा पछाडि हट्यो । तिनले फेरि मदन भण्डारीतिर हेर्दै भनेे, 'हाम्रा हजारौँ कार्यकर्ता तयार छन्, सडकमा निस्कन ।' गर्मागर्मी बहस चल्यो, त्यो दिन । चियापानी, बिहानको नास्ता सबै सकियो । महाकाली नदीका बारेमा नेपाल र भारतबीच भएको सन्धिलाई खारेज गर्नुपर्छ अनि मात्र अरू प्याकेजको कुरा गर्नुपर्छ भन्ने विचारका साथ अनौपचारिक छलफलपछि छुट्टनिे तरखर गर्न थाले, नेताहरू । 'म त राजालाई पनि ललकारेको मान्छे हुँ,' कुर्सीबाट उठ्दै मदन भण्डारीले भने, 'राजनीति गर्ने भए श्रीपेच फुकालेर मसँग आऊ चुनाव लड्न । जनता तिम्रो पक्षमा छन् कि मेरो पक्षमा भनेर राजालाई चुनौती दिने मान्छे हुँ, म ।' खल्तीबाट रुमाल झकिेर आफ्नो चस्मा पुछे, तिनले । पुछेको चस्मा नाकको डाँडीमा राखेर रुमाल कोटको खल्तीमा राख्दै बोलेे, 'त्यसकारण पनि धेरै दरबारिया मसँग चिडिएका छन् । मलाई शत्रु ठानेका छन् । म त जनताको छोरा हुँ । म जनताकै प्यारो हुन चाहन्छु । त्यसैले म बाँन्चुजेलसम्म महाकाली सन्धि पास हुन दिन्नँ किनकि त्यो नेपालीको हितमा छैन ।' खेल बिग्रन थालेपछि एकै ठाउँ घोप्टिएर सल्लाह गर्ने क्रिकेट खेलाडीझैँ एउटै कित्तामा उभिएर चारैजना फेरि सल्लाह गर्न थाले । छेउमा कान थापेर कुरा सुनिरहेको अमर लामाले यताउता हेर्‍यो र आँगनमा कोही नभएको मौका पारी गेटबाहिर निस्कियो । आँगनछेउमा मदन भण्डारी चढ्ने जिप खडा थियो ।'ल Û अब हामी लाग्छौँ,' मदन भण्डारीले छुट्टनिे बेलामा भने, 'आज बस्ने केन्द्रीय कमिटी बैठकमा यी सबै कुरा उठाउनुपर्छ ।' 'हुन्छ,' तीनै जनासँग दह्रो हात मिलाउँदै मनमोहन अधिकारीले भने, 'म आजको बैठकमा सबै कुरा राख्छु ।' 'अनि खोई त अमर लामा ?' मनमोहन अधिकारीको आँगनबाट छुट्टएिर अगाडि रोकिएको गाडीतिर बढ्दै थिए, तिनीहरू । तिनीहरूलाई बिदाइ गर्न मनमोहन अधिकारी पछिपछि थिए । गाडीनजिक पुगेका मदन भण्डारीले बाहिर निस्कने गेटतिर हेर्दै भने, 'अघि यहीँ थियो त ?' 'ट्वाइलेट गयो कि Û' आफ्नो हातको रेडियो छाप सलाई प्रेमसिंहले मदन भण्डारीलाई दिँदै भने, 'अरू कहाँ जान्थ्यो ?' धेरै बेरसम्म कतै नभेटिएपछि जीवराज गेटबाहिर निस्किए । पारिपट्ट िपसलमा फोनमा कुरा गरिरहेको अमर लामाले जीवराजलाई देख्नासाथ फोन राख्यो र केही सामान किनेझैँ गरी फटाफट गाडीतिर आयो । नेताहरू चढेको गाडी केहीबेरपछि बल्खुतिर दौडियो । 'एकजनाले जागिर लगाइदे भनेर हत्ते गरेको थियो,' गाडीको गियर बदल्दै अगाडि बढिरहेको गाडीलाई बायाँतिरको मूलबाटोतिर मोड्दै अमर लामाले भन्यो, 'त्यसैलाई फोन गर्न गएको थिएँ, अरू केही होइन ।' 'हाम्रा तीनजना साथीले ज्यान गुमाएपछि हामीले एक मेगावाटबाट दुई मेगावाट बिजुली पायौँ । असमान सन्धिको योभन्दा बलियो प्रमाण के हुन सक्छ ?' पार्टीमा महासचिव पद सम्हालेका मदन भण्डारी पोखरा पुगेका थिए, पार्टीको काममा । र, तिनका साथमा थिए पार्टीका संगठन विभाग प्रमुख जीवराज आश्रति । पोखराबाट हिँड्ने वेला मदन भण्डारीले भने, 'म पनि ज्यान दिन तयार छु, अरू कति मेगावाट बिजुली पाइन्छ ?' विसं २०५० साल जेठ ३ गते पोखरामा आफ्ना कार्यकर्ताका बीचमा थिए मदन भण्डारी । त्यतिवेला देशकै सर्वाधिक लोकपि्रय नेतामा पर्थे, उनी । उनको भाषण गर्ने कला असाधारण थियो । मान्छेहरू झरीमा रुझेर सुन्थे, उनलाई । प्रचण्ड गर्मीमा चउरमा उभिएर सुन्थे, उनलाई । राजधानी काठमाडौंको गैरकम्युनिस्टको गढ मानिने क्षेत्रबाट उठेका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनावमा पराजित गरेपछि उनको चर्चा अन्तर्राष्ट्रियस्तरमा समेत थियो । अमेरिकी पत्रिका न्युज विक्लीको एसिया संस्करणले ज्ञढढज्ञ ःबथ द्दठ को अंकमा 'कार्लमक्स लिभ इन नेपाल' भन्ने शीर्षकमा उनको अन्तर्वार्ता छाप्यो । उनी न्युज विक्लीमा अन्तर्वार्ता दिने सम्भवतः नेपालकै पहिलो र एकमात्र राजनीतिज्ञ थिए ।'हामीले देशको लागि गद्दारी गर्नुहुँदैन,' कार्यकर्ताबीचबाट अगाडि बढिरहेका मदन भण्डारी भनिरहेका थिए, 'विसं २०४९ सालको मंसिर ३० को सर्वोच्च अदालतको फैसलापछि भारतसँग गरिएको सन्धि होइन भन्ने तागत गिरिजाप्रसाद कोइरालासँग छैन अब ।' 'हामी तपाईंजस्तो नेता पाएकोमा गर्व गर्छौं,' भीडबाट एउटा युवाले हात उठाएर मुठी पार्दै भन्यो, 'कहिल्यै नथाक्नुहोला । तपाईंको साथमा हामी छौँ ।''संसद्बाट दुईतिहाइ बहुमतले पास नगर्दासम्म त्यो सन्धिले पूर्णता पाउँदैन । सन्धिले पूर्णता पाउनका लागि हाम्रो पार्टीको मत चाहिन्छ । त्यसैले चाबी हाम्रो हातमा छ,' भीडलाई छिचोल्दै अगाडि बढिरहेका नेता मदन भण्डारी आफ्नो गाडीतिर बढ्दै बोले, 'विश्वास गर्नुहोस्, म जीवित हुँदासम्म यो सन्धि कहिल्यै पास हुँदैन ।' गाडीसम्म आइपुगेका आफ्ना पार्टीका कार्यकर्तालाई पुनः बिदाइका हात हल्लाउँदै महासचिव मदन भण्डारी गाडीभित्र पसे । उनीसँगसँगै अर्का नेता जीवराज पनि पसेपछि मदन भण्डारीले गाडीको सिसा खोले र सबैलाई हात हल्लाउँदै बिदाइ गरे । गाडीमा एकजना स्थानीय नेता पनि थिए ।गाडीभित्र बसेका मदन भण्डारी र जीवराजलाई देखेर हतारहतार दौड्दै आएको ड्राइभर अमर लामाले गाडी स्टार्ट गर्‍यो । जीवराजले एकपटक अमर लामातिर हेरे । हतास मनस्थितिमा उसको अनुहार फुंग उडेको थियो । गाडी क्रमशः हजारौँ कार्यकतालाई पछाडि छोड्दै दीपेन्द्र सभागृहबाट बायाँ मोडियो । बाटोछेउका बिजुलीका पोल, पसल, चमेनागृह र मानिसको भीडलाई क्रमशः पछाडि धकेल्दै गाडी पोखराबाट पूर्वतिर लाग्यो ।'हेर्नुहोस् त Û त्यहाँ आएका आममानिसको उत्साह,' तेज रफ्तारमा पूर्वतिर दौडिरहेको गाडीभित्रको पछिल्लो सिटमा बसेका मदन भण्डारीले जीवराजतिर र्फकंदै भने, '...मलाई त लाग्छ, अब हामी दलभन्दा धेरै माथि उठेर राष्ट्रिय सबालमा एकजुट हुनुपर्छ । यो दलीय स्वार्थभन्दा माथिको कुरा हो भनेर हामीले जनतालाई बुझाउनुपर्छ किनकि जनताले सबै कुरा बुझेका हुँदैनन् ?' 'कुरा त ठीकै हो,' जीवराजले आफ्नो विचार पोख्दै भने, '...तर कति ठूलो दबाब छ, हामीमाथि । अब त पार्टीभित्रकै साथीमा पनि निराशा छाइसक्यो ।' 'राजनीतिमा थकान भन्ने शब्दावली हुँदैन,' मदन भण्डारीले प्याकेटबाट चुरोट झकिे । तिनले बिहान किनेको रेडियो छाप सलाई कोटको बायाँ खल्तीमा थियो । तिनले सलाई बायाँ हातले झिके र चुरोट सल्काएर भने, '....ज्यानलाई हत्केलामा राखेर हामीले राजनीति सुरू गर्‍यौँ । जनतालाई सपना देखायौँ । जनताले विश्वास गरेर हामीलाई चुनावमा भोट दिए । हामी यस्तो वेला थाक्यौँ भने कहीँको पनि रहँदैनौँ । हामीसँगै एकमत राख्ने अरू राजनीतिक दल पनि छन् । हामी एक्लो पनि त छैनौँ ।' लामो हर्न बजायो ड्राइभर अमर लामाले । बाटो छेउछाउको घाँसमा चर्न लागेका गाईभैँसीको हुलले छेकेको बाटो खुल्यो । तेस्रो पटक गियर बदलेपछि गाडीले फेरि रफ्तार लियो । कालो पिच बाटोमा तातो हावालाई चिर्दै गाडीले झन् पछि झन् स्पिड लिन थाल्यो । केहीबेरमै गाडी बाटो छेउको स्थानीय बजारमा पुगेर रोकियो । त्यहाँ गाडीबाट स्थानीय नेता ओर्ले । गाडी पुनः अगाडि बढ्न थाल्यो ।'हिजो राणाहरू बि्रटिस शासकका कठपुतली थिए । पुर्खाको त्याग र बलिदानलाई वेदीमा चढाएर राणाहरूले इमानदार र राष्ट्रवादी राणाहरूलाई पाखा लगाए र यो देशमा शासन गरे । उनीहरूलाई कहिल्यै यो देशको माया भएन । मोजमस्तीमा डुब्ने राणाहरूलाई देशभन्दा पनि पैसा र शक्ति गुम्छ भन्ने डर थियो । २००७ सालको क्रान्तिमा भारत पसेका राजालाई चेपमा पारेर, राणा मोहनशमशेरले बार्गेनिङ गर्ने निहुँमा प्रधानमन्त्रीको पद हत्याउन आँखा चिम्लेर १९५० को सन्धिलाई स्वीकार्‍यो । त्योभन्दा ठूलो राष्ट्रप्रतिको धोका अरू के हुनसक्छ ?' भवन निर्माण सामग्री बोकेर पोखरा जाँदै गरेका मालवाहक ट्रकहरूलाई साइड दिन रोकिएको गाडीले फेरि रफ्तार लियो । मदन भण्डारीले लगातार चुरोट तानिरहेका थिए भने रेडियो छाप सलाई तिनको बायाँपट्टकिो सिटमा थियो । जोडले अगाडि बढिरहेको गाडी थर्कंदा रेडियो छाप सलाई सिटको पल्लो छेउमा पुग्थ्यो । ठुटो भइसकेको चुरोट झ्यालबाट बाहिर फ्याँक्दै जीवराजतिर फर्केर मदन भण्डारीले फेरि भने, 'विसं २०११ सालमा यसरी नै देशको कोसी नदी गुम्यो । जसको पीडाबोध बिपीलाई बाँन्चुजेलसम्म भइरह्यो । २०१६ सालमा सुवर्णशमशेरले आफ्नै हस्ताक्षरमा गरेको गण्डक सम्झौताको पीडाले गणेशमान स्वयंलाई आजीवन दुःखी बनायो । र, त्योभन्दा एक कदममाथि उठेर आफ्नै बाजेको बिर्ता सम्झेर संसद्को सहमतिविना भारत पुगेर महाकालीसन्धिमा हस्ताक्षर गरेर आएका गिरिजाप्रसाद कोइरालाले सहमतिमात्र भएको कुरा गरे । तर, अदालतले सन्धि भएको ठहर गर्दा पनि आफू कुनै प्रालिको मालिकझैँ प्रधानमन्त्रीको कुर्सीमा टाँसिएका छन् । अब एकदुई महिनाभित्रै यो सरकार गिर्छ । अहिले पो सत्ता छ । उनका वरिपरि मान्छे छन् । भोलि सत्ता गिर्‍यो भने यिनीसँग कोही हुन्न । त्यतिवेला पछुताउनेछन् । आखिर मर्ने वेला चाहिने धर्ती यही हो नि Û कमसेकम महाकाली साझा हो, बिजुली पानी आधा होसम्म त भन्न सक्नुपर्ने हो Û' पहाडी भित्ता, रूख, टेलिफोनका तारलाई पछि छोड्दै हिँडेको गाडी मस्र्याङदी पावरहाउसलाई छिचोल्दै ९० किमिको यात्रा तय गर्दै मुग्लिङ बजार आइपुग्यो र काठमाडौंतिरको बाटोलाई छोडेर चितवनतिर लाग्यो ।पहाडको छेउछाउका भित्ता फोडेर बनाइएको पिच बाटो हुँदै गाडी दक्षिणतिर लाग्यो । दुई पहाडको बीचमा बग्ने भयानक गहिरो त्रिशूली नदीको बायाँतिरको पहाडको भित्तामा टाँसेर बनाइएको पिच बाटोबाट तल खोँचमा बग्ने त्रिशूली नदी डरलाग्दो आवाज सुसेल्दै बगिरहेको थियो ।घ्याच्च ब्रेक हान्यो ड्राइभर अमर लामाले ।'किन के भयो ?' मदन भण्डारी बोले, 'किन गाडी रोकेको ?' 'पिसाब लाग्या,' अमर लामाले गाडीको ढोका खोल्दै भन्यो, 'साह्रै भयो, कट्टुमा नै चुहिएलाजस्तो ।' गाडी बाटोको साइडमा रोकेर ड्राइभर अमर लामा बाटोछेउको अजंगको पहाडको भित्तामा मुत्न थाल्यो । 'मलाई यो मान्छेको नियत ठीक लागेको छैन है कमरेड ।' ' किन ?' 'यो खाली तपाईंको कुरा खुब कान थापेर सुन्छ,' पातला जिउका जीवराजले आˆनो चुच्चे नाकमा अडिएको चस्मा झिकेर फेरि नाकका टुप्पामा अड्याए र गाडीभित्र बसेका आफ्नो पार्टीका महासचिवतिर हेर्दै भने, 'अनि फोन गर्न दौडिन्छ । अघि पोखराबाट हामी निस्कँदा यो बाटो पारिपट्टकिो पसलमा गएर फोन गर्दै थियो । मलाई देख्नासाथ फोन राख्यो हतार हतार र दौड्दै आएर उल्टै ट्वाइलेट गएको थिएँ भनेर ढाँट्यो ।' 'तपाईंले भनेको कुराले मेरो आँखा खोलिदियो कमरेड,' आश्रतिको कुरा सुनेका मदन भण्डारीले सिटको दायँातिर पुगेको रेडियो छाप सलाईलाई दायाँ हातमा उठाएर घोप्टिएको सलाईलाई हेरिरहे । पछिल्लो दिनको गतिविधिप्रति सशंकित हुँदै मदन भण्डारी बोले, 'हो Û यसका गतिविधि शंकास्पद छन् । म त हमेसा राजनीतिक तनावमा हुने हुँदा योतिर ध्यानै गएन । फेरि यो मेरो पि्रय मान्छे हो । हाम्रो पार्टीको सदस्य पनि हो । यो पहिला अत्यन्तै इमानदार थियो र ड्राइभिङ पनि राम्रो थियो यसको ।' 'तर अहिले हेर्नुहोस् त,' बाटोछेउको भित्तामा मुतेर र्फकर्ंदै गरेको अमर लामातिर हेरेर जीवराजले भने, '...आज त झनै यसको अनुहार बेचैन छ । सिस्नोले पोलेजस्तै ।' 'ठीक भन्नुभयो कमरेड तपाईंले,' मदन भण्डारीले आफ्नो हातको रेडियो छाप सलाईबाट काँटी निकालेर अर्काे चुरोट सल्काउँदै भने, 'भोलि चितवनबाट काठमाडौं फर्केपछि यसलाई हटाइदिउँला ।' 'हुन्छ,' जीवराजले चैनको सास तान्दै भने, 'यसले चलाएको गाडीमा म त अब चढ्दिनँ ।' गाडीभित्र पस्यो, अमर लामा । जोडसँग आफ्नो छेउको ढोका थुनेर गाडी स्टार्ट गर्‍यो र फेरि डरलाग्दा घुम्ती भएका पहाडी खोँचको बाटोमा गाडी दौडाउन थाल्यो ।बाटाभरि नेताद्वयबीच पार्टीको विषयमा कुरा चले । आफ्नो कम्युनिस्ट पार्टीलाई कसरी अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्दै अगाडि बढ्ने भन्ने विषयमा छलफल चल्दै थियो । गाडी त्यो पहाडी बाटोमा पर्ने दासढंुगा भन्ने ठाउँनेर पुग्न लागेको थियो ।'स्पिड कम गर है,' अचानक स्पिड बढाएको देखेर मदन भण्डारी बोेले, 'ए अमर Û स्पिड कम गर ।' 'भइहाल्छ नि Û' पुलुक्क पछाडि फर्केर अमर लामाले अनियन्त्रित रूपमा गाडीको स्पिड बढायो र भन्यो, 'यो पनि कहीँ स्पिड हो र ?' 'ए Û के गरेको यस्तो ?' गाडी अनियन्त्रित हुँदै थियो । गाडीभित्र नेताहरू कराउँदै थिए, 'ए Û ए Û सुन्दैनौ कि क्या हो Û गाडीको स्पिड कम गर ।' अमर लामाले दाँत किट्दै पछाडि हेर्‍यो र आफ्नो छेउको ढोका खोलेर गाडीलाई सीधै अगाडिको मोडबाट बायाँतिर नमोडेर दायाँतिर मोडी नदीमा खसाल्यो । अग्लो पहाडबाट भयानक ढुंगा खसेझैँ बाटो तल पहरामा ठोक्किँदै, उछिट्टँिदै, कुच्चिँदै गाडी तल बगिरहेको अथाह गहिरो त्रिशूली नदीमा खस्यो ।झ्वाम्मऽऽऽ । वरपरको पहाड थकिर्ने गरी आवाज आयो । पहाडी खोँचमा भुमरी पर्दै बग्ने डरलाग्दो नदीमा खसेको गाडी कता डुब्यो कता पत्तै भएन । 'ल, जालमा माछा पर्ला भनेको त बट्टासहितको सलाई पो पर्‍यो ।' घाम अस्ताउँदै गरेको नारायणी नदीको किनारमा बसेर जाल हान्दै गरेको बूढो माझीले रेडियो छाप सलाईलाई आफ्नो जालबाट निकाल्दै हातमा समाएर भन्यो, 'यस्तो भयानक नदीमा कहाँबाट बग्दै आएको होला यो सलाई ?' (रेडियोकर्मी डियर कल्याणको नयां पुस्तक रेडियो छाप सलाइबाट)

Related search: Download Dasdhunga -Full Nepali Movie 

Tags:

0 Responses to “Nepali Movie- दासढुंगा [DasDhunga] -Watch Dasdhunga -Full Nepali Movie online Free ”

Subscribe

Subscribe To DC KATHMANDU BLOG

© 2013 DCKTM. All rights reserved.