अहिलेसम्मकै भयानक साइबर आक्रमण,विश्वभरकै इन्टरनेट सुस्त
इन्टरनेट जगतमा ह्याकरहरुले अहिलेसम्मकै गम्भीर आक्रमण गरेपछि विश्वभरकै इन्टरनेटको निकै सुस्त भएको छ । साइवर विज्ञहरूका अनुसार ह्याकहरुले गरेको यो आक्रमण अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो ।
यो आक्रमण एण्टी स्पामका लागी काम गर्ने र वेवपेजहरू होस्टिङ गर्ने कम्पनीबीच भएको विवादका कारण उक्त आक्रमण भएको बताइएको छ । यसबाट विश्वव्यापी रुपमा धेरै प्रयोगमा आएका विभिन्न इन्टरनेट सेवामा असर पुगेको र इन्टरनेट ब्यांकिङ तथा इमेल सेवा प्रभावित हुने बताइएको छ ।यस आक्रमणको सम्बन्धमा अनुसन्धानका लागी पाँच देशका प्रहरी समेत लागिसकेको बताइएको छ ।
बेलायती सरकारका अनुसार ह्याकरहरूले जसरी इन्टरनेटको गतिलाई काटेका छन् त्यो विधीलाई डिस्ट्रिब्युटेड डिनाइल अफ सर्भिस’ भनिन्छ । यसमा जुन ठाऊँमा आक्रमण गर्नुपर्ने हो या जुन ठाऊँको इन्टेरनेट सुस्त बनाउनुपर्ने त्यहाँ धेरै ट्राफिकहरू पठाइन्छ, जसले गर्दा वेवपेजहरू खुल्न निकै समय लाग्छ या ती वेवपेजहरू खुल्न नै सक्दैनन् ।
यस आक्रमणमा लण्डन र जेनेभामा रहेको गैर सरकारी संगठन ‘स्प्यामहस’ को ‘डोमेन नेम सिस्टम (डिएनएस) सर्भर’लाई निशाना बनाइएको छ । यी सर्भर भनेको वेवपेजहरूको नामलाई इन्टरनेटमा जोड्ने काम गर्छ । यदी यसलाई रोक्न नसकेको धेरै नै क्षति हुन सक्ने बाताईएको छ ।

Subscribe to:
Post Comments (Atom)
0 Responses to “अहिलेसम्मकै भयानक साइबर आक्रमण,विश्वभरकै इन्टरनेट सुस्त”
Post a Comment